ऊ ...........

आज उसलाई के भएको छ , कुन्नी ? सधैं रक्सीको बोतल हुने उसको हातमा कलम र कपी परेको छ । बहिर नयाँ वर्षको रमझमले बजार छाएको छ र समय आफ्नो गतीमा चलेको छ। तर आज ऊ भूतलाई केलाएर वर्तमानमा यथार्थ खोज्न थालेको छ। तर आफसोच ऊ भूतमै अल्झिरहेको छ। ऊ उठ्छ अनि चुरोट सल्काउँछ , सन्सनती चुरोट पिउँछ , चुरोटको सर्कोसँगै उसलाई कसैको याद आउँछ। यत्तिकैमा उसको आँखाबाट अबिरल आँशुका थोपहरु खस्न थाल्छन्। आँशु पुस्छ अनि सम्हाल्न खोज्छ आफुलाई र केही कोर्न थाल्छ............

प्यारी सरु,
सम्झनाका असङ्ख्य खातहरु मनमा बहलाए पनि केही लेख्न सकिरहेको छैन । आकाशका ताराहरु नियाल्दा तिमीलाई नै खोज्ने यो पगल प्रेमी तिम्रा अतितरुपी सम्झनालाई मनमा सँगाल्दै केही कोर्ने जमर्को गरेको छु, स्वीकार गर ल ..........

तन भरी को चोखो मन अनि मनभरिको चोखो माया, अनि त्यही मायारुपी सम्झना तिमीलाई नै ........ । संगै रमाउने, अनि संगै बाँच्ने। मर्ने मेरा ईच्छाहरु ननकार्ने तिम्रा प्रतिबद्धताहरु पनि आज सम्म छर्लङ्गै छन् होइन र?

गाउँको उकाली, ओराली र देउरालीमा आउँदा जाँदा गाएका मायाका गीतहरु अनि लुकिछिपी सजाएका प्रीतीका भाकाहरु पनि तजै होलान्। क्लास भन्दा आधा घण्टा अघि कलेज गेटमा भेट्ने गरेको त्यो समय र घर आउँदा जाँदा एक अर्कालाई कुरेर बसेको, संगै हाँसेको अनि जिस्केको सम्झेर कता-कता रमाउने गर्छु।

थाहा छ सरु, माईखोलाको मन्दिरमा तिमीले के भनेकी थियौ, याद गर त। कति सजिलै ज्यान दिन्छु भनेकी थियौ मेरा लागि, मैले जिद्दी गरेर कसैले कसैको लागि ज्यान दिनै सक्दैन दुइदिन सम्म तिमी म सँग रिसाएको हिजो जस्तो लाग्छ, याद गर त एकचोटी

(यत्तिकैमा उसका आँखा टेबलमा सजाएर राखेका वस्तुहरु माथि पर्छन्)

मेरो जन्मदिन को दिनमा तिमी नै उपहार बनेर आउछौ भनेर बाटो हेरेर बसिरहेको थिएँ तर मेर प्रयासहरु रिरर्थक रहेछन्, बल्ल पो थाहा पाएँ। हुन त तिमीलाई तिम्रो जन्मदिनमा मैले पठाएको बुके पनि तिम्रा बाचाहरु जस्तै ओइलाए होलान्। फूल्का थुङ्गाहरु गुहार मागिरहेका होलान्, सुन्ने प्रयास गर त.......... ( ऊ धैर्य हुन्छ उठ्छ, दराजबाट एक पेक रक्सी निकाल्छ अनी नबिसाइकन पिउँछ र लेख्न थालछ)

हेर न सरु, तिमीले माया पठाएका मायाका कोसेलीहरु यतिबेला पनि मलाई हेरिरहेका छन्। केही भने जस्तो भान भईरेहको छ। यिनीहरुले कानेखुसी गरेर मलाई जिस्काइरहे जस्तो लाग्छ। ओहो ! सरु तिमीले त ती कोसेलीहरु जलाएर फाल्दिनु भनेकी थियौ है तर म आफ्नो मायालाई जलाउन कहाँ सक्छु र! आफ्नै मुटु पगाल्न कहाँ सक्छु र! न त सम्हाल्न नै सक्छु यिनीहरुलाई................।

त्य्सैले सरु मलाई नेभेटेपनि तिमीले दिएका मायाका कोसेलीहरु फिर्ता लिएर जाउ ल....... अरु त के नै भन्न सक्छु र............।

अन्त्यमा जे भएपनि सरु मेरो माया तिम्रै लागि साँचि राखेको छु।
(त्यत्तिकैमा चलिरहेको कलम एक्कासी रोकिन्छ सदा - सदाका लागि)