म कथा लेख्र्न चाहन्छु

के लेखु म, तिमीसँग बुज्न चाहन्छु ।
तिमी ओठ खोलिदेउ, म हाँस्न चाहन्छु ।
तिम्रो हाँसो शायद शब्द नबोल्ला, तै म तिम्रो हाँसो लेख्र्न चाहन्छु ।

चल्न मानेनन यि हfत हरू, तिम्रा नयन मलाई देउ ।
आधा खुलेका तिम्रा आँखाको, प्यास लेख्र्न चाहन्छु ।
तिमी बस हेरिदेउ,हेरि मात्र देउ, म तिम्रो नजर उतार्न चाहन्छु ।

समय सानो छ भन्छन, थोरै छ भन्छन ।
तिमी बोलिदेउ, म तिम्रो बोली लेख्र्न चाहन्छु ।
तिमी हुंन्छ भनिदेउ, हाम्रो समिप्यताको म कथा लेख्र्न चाहन्छु ।