मजा अर्कै हुन्छ
By bhishan on March 18th, 2009 at 12:32pm
बर्षातमा सँगै भिज्नुको मजा अर्कै हुन्छ।
तिमीसँग माया सिक्नुको मजा अर्कै हुन्छ।
तिमीलाई गुमाउनु हार नै हो भन्छौ भने,
हारेर पनि जित्नुको मजा अर्कै हुन्छ।
फिर्ता गर्नेछु म तस्बिरहरु सबै तिम्रा,
मनमा याद खिच्नुको मजा अर्कै हुन्छ।
जसले पनि चुम्छ बाटिकाको गुलाफ,
भिरको गुराँस टिपनुको मजा अर्कै हुन्छ।
बर्षातमा सगै भिज्नुको मजा अर्कै हुन्छ।
तिमीसँग माया सिक्नुको मजा अर्कै हुन्छ।
- bhishan's blog
- Login to post comments