छोडेर गई उ................
By bhishan on March 18th, 2009 at 12:30pm
छोडेर गई उ,गजल छँदै छ।
तोडेर गई उ,गजल छँदै छ।
अरुसँगै आज नौलो नाता,
जोडेर गई उ,गजल छँदै छ।
अरुकै रहेछ पछयौरी उपहार,
ओढेर गई उ,गजल छँदै छ।
दोबाटोमा भेटेको थिएँ आज,
मोडेर गई उ,गजल छँदै छ।
फुल हुँ म, तर पात धेरै,
गोडेर गई उ,गजल छँदै छ।
छोडेर गई उ,गजल छँदै छ।
तोडेर गई उ,गजल छँदै छ।
- bhishan's blog
- Login to post comments