जुन हरायो
By bhishan on March 18th, 2009 at 12:22pm
आज फेरी आकाशको जुन हरायो।
लाग्यो आफ्नै गजलको धुन हरायो।
हुँदैन कि मायामा हिसाब बराबरी,
कलियुग हो आखिर गुन हरायो।
जहाँ पनि मिल्छ पित्तल मिसिएको,
अकबरी त्यो जातको सुन हरायो।
बगैँचाभरी बोटबोट थुँगाथुँगा रित्तै,
फुलमा भवँराको भुनभुन हरायो।
जताततै छ अचेल खोजी मन्छेकै,
माया हो कि मन खै कुन हरायो।
आज फेरी आकाशको जुन हरायो।
लाग्यो आफ्नै गजलको धुन हरायो।
- bhishan's blog
- Login to post comments