न बोल्यौ तिमीनै न मैले बोलाएँ

घण्टौँ बित्यो तिमीसँगै ,किन किन बोली फुटेन
के पुगेन खोइ? ममा ,भाव पोख्ने हिम्मत जुटेन
गफ लगाउनत कम् थिइन म ,भएनभएको भनिदिन्थें
तिम्रै स्विक्रिती पाइँ न कि ,तिम्रो सामु शब्द छुटेन
घण्टौँ बित्यो तिमीसँगै ,किन किन बोली फुटेन

आँखा नजुधेका होइनन् ,सयौं पटक जुधे होलान
तिमीले बुझ्यौ बुझेनौ ति भाषा ,मैले त केही बुझिन
घण्टौँ बित्यो तिमीसँगै ,किन किन बोली फुटेन

समयको साथ थियो ,परिस्थिती पनि शहज
भेल थियो बाडी थियो ,तर किन बाँद फुटेन?
घण्टौँ बित्यो तिमीसँगै ,किन किन बोली फुटेन

धड्कन बडेको थिएन मेरो ,श्वासप्रश्वासको गती उस्तै
पक्कै तीम्रै स्विक्रिती मिलेन,तेसैलेत "सुरेश" खुलेन!
घण्टौँ बित्यो तिमीसँगै ,किन किन बोली फुटेन