देश, माया अनी गजल
छोडिदेउ मायाँको कुरा, बर पीपलको छायाँको कुरा
घायल आमा को मुटु छेउ नहान त्यो तिखो छुरा
छन छन गर्ने संगीत भर्ने नलाउ त्यो रातो चुरा
छोडिदेउ मायाँ को कुरा, बर पीपलको छायाँको कुरा
रगतको भेल माथि बग्दै बग्दै आको छु, हेर म त
माया मैले बिर्सी सके, नगर अत्तितको कुर
छोडिदेउ मायाको कुरा, बर पीपलको छायाँको कुरा |
दाजु भाई बिचमा उ! खुकुरी चली रहे छ
यस्तो समयमा के गर्छौ दुई बीचको नाता को कुरा
छोडिदेउ मायाको कुरा, बर पीपलको छायाँको कुरा |
आतंकको आगो मुनी पिल्सीएर पाकेको छु
मुटुहरु जलको बेला नगर मुटु साटेको कुरा
छोडिदेउ मायाँको कुरा, बर पीपलको छायाँको कुरा |
हेर लासै लास को थुप्रो बीच बसेका छौ हामी दुई
गनाउने थुप्रो बीच, छाड मायाको सुबाशको कुरा
छोडिदेउ मायाँको कुरा, बर पीपलको छायाँको कुरा
घायल आमा को मुटु छेउ नहान त्यो तिखो छुरा |
- SURESH's blog
- Login to post comments