स्वागतका स्वरहरु

निदाउन बिर्सेर सपना देख्ने ति आँखाहरुलाई
मधुर लयमा कल्पना को उढान भर्ने भाखाहरुलाई
एउटै लक्ष्य चन्द्र छुने, बोकेर लम्केका पाइलाहरुलाई
तराइबाट उक्लेका, पहाडबाट झरेका कान्छी अनी माइला हरुलाई
न्यानो मायाको साथमा, हिमालयको माझ्मा, स्वागतम् सु-स्वागतम्|