आज कसैले अनायासै

टाढा टाढा क्षितिज पारिको आकाश वेदानामा डुबेझै छ
एक्लो यो ब्यतित हृदय एकान्तमा रोइरहेछ
भावनाको साईनो त्यो आकाश र मेरो
आज कसैले अनायासै छुटाइरहेछ।

वसन्तको हरीयाली पनि उराठ लाग्न थाल्यो
शिशिरको पत्झड देख्दा मन अझै सजिदियो
किन किन आजकल मौसम पनि उराठ लाग्छ
बिछोडको बेदनाले हो कि हृदयनै शुन्य लाग्छ।

जीवन त सानो खेलौना ठन्थें यसै देखि हारी सछु
जिन्दगीको निरन्तर यात्रामा अब त म थाकिसकेछु
हिजोसम्म चन्चल हृदय आज किन भारी भइरहेछ
नीलगगनको लक्ष्य लिइ धर्तीमै झरीसकेछ।

Brother_De