आज फेरी पिउन मन लाग्यो
By brother_de on December 14th, 2008 at 04:35pm
आज अचानक कसैको याद आयो
कसैको याद मा फेरी पिउन मन लाग्यो
सम्झनाका तस्बिरहरु आँखामा टाँसेर
आज फेरी रमाउन मान लाग्यो ।।
टिल्ल हुनेगरी पिएर
कसैको सम्झनामा रम्न मन लाग्यो
कोहीसँग गरेको मस्ती सम्झेर
आज फेरी हाँस्न मन लाग्यो ।।
जिन्दगीका रमाइला पलहरु सम्झेर
त्यही पलमा फर्कन मन लाग्यो
कसैको सम्झनामा मस्त भएर
आज फेरी तडपिन मन लाग्यो ।।
कसैको घर छेउको बाटो
आज फेरी हिंड्न मन लाग्यो
कसैको यादमा मस्त डुबेर
आज फेरी पिउन मन लाग्यो
Brother_de
- brother_de's blog
- Login to post comments